रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइ. सी. आर. सी.) ले त्रिभुवन विश्वविद्यालयको विधि विज्ञान विभाग – फरेन्सिक डिपार्टमेन्ट – लाई शबहरु राखिने फ्रिज हस्तान्तरण गरेको छ ।

नेपालस्थित आइ. सी. आर. सी प्रतिनिधिमण्डल उप–प्रमुख अल्फ्रेडो म्याले ले सो सेवायन्त्र त्रि वि स्थित चिकित्सा शास्त्र विभागका डीन प्रा डा राकेश कुमार श्रीवास्तवलाई एक कार्यक्रमबीच शुक्रवार हस्तान्तरण गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै म्याले ले भन्नुभयो, “मृतकको देहलाई गरिने ब्यवहारबाट प्रियजन तथा आफन्तहरुको मानसपटलमा दीर्घकालिन असर पर्न सक्दछ । त्यसैले मृतकको सही तवरले सनाखत हुन सकेमा त्यसले मृतकका आफन्तजनमा देखिने त्रास र पीरमर्कालाई धेरै हदसम्म कम गर्न मद्दत पुग्दछ ।”

आइ. सी. आर. सी. मार्फत जापानी सरकारले उपलब्ध गराएको सो सेवायन्त्रले विधि विज्ञान विभागको शब राखिने क्षमतालाई दोब्बर बनाएको छ । विभागसँग एउटा मात्र शब फ्रिज रहेको अबस्थामा थुप्रै शबहरु परीक्षण गर्न ल्याईदा निकै समस्या हुने गरेको जनाउँदै बिभागले नयाँ सेवाबाट शब पहिचान तथा परीक्षणमा निकै सहजता हुने उल्लेख गरेको छ ।

स्रोत: ICRC presents TUTH morgue refrigerator