आफ्ना प्रियजन गुमाउनुको पीडाबाट मुक्त हुनु साह्रै कठिन हुन्छ । त्यसमा झन बेपत्ता प्रियजनको अवस्थाको बारेमा जानकारी नपाउँदाको पिडा असैह्य हुन्छ ।

नेपालमा अझै १ हजार ३ सय भन्दा बढी व्यक्तिहरू बेपत्ता छन् र लामो समयदेखि प्रतिक्षारत रहेका तिनका परिवारजनहरूले बेपत्ता आफन्तको अवस्थाबारे सम्बन्धित निकायहरूसँग जानकारी माग गर्दै आएका छन् । दश बर्षै लामो सशस्त्र  द्वन्द्वको समाप्ति देखि नै रेडक्रसको अन्तरराष्ट्रिय समितिले (आईसीआरसी) बेपत्ता व्यक्तिका परिवारजनहरूलाई मनोसामाजिक समस्या लगायत अन्य क्षेत्रमा सहयोग गर्दै आएको छ ।

हालै, अन्तरराष्ट्रिय बेपत्ता दिवसको अवसर पारेर बेपत्ता  परिवारहरू एकीकृत भई आधिकारिक निकायहरूसँग अन्तररराष्ट्रिय मानवीय कानुनमा उपलब्ध भए अनुसार बेपत्ता व्यक्तिहरूबारे जानकारी प्रदान गर्न पुन जोडदार माग गरेका छन् ।