धादिङ । २५अगष्ट  र १२ मे २०१५ मा नेपालमा गएको बिनाशकारी भूकम्पमा परि कम्तीमा ८७७३ जनाको मृत्यु भएको छ भने २२००० भन्दा बढी घाइते भएका छन् । भूकम्पले गर्दा लार्खौ घर तथा संरचनाहरु नष्ट भएका छन् । ७५ मध्ये मुलुकका १४ जिल्लाहरु गम्भिर रुपमा प्रभावित भएका छन् । पराकम्पनहरु थामिएका छैनन् र त्रासको वातावरण घटेको छैन ।

यसैबीच भूकम्पको त्रासमा बाँचिरहेका भूकम्प पीडितहरुलाई मानसीक रुपमा विचलीत हुन नदिन मनो–सामाजीक प्राथमिक उपचार सेवालाई नेपाल रेडक्रसले अभियानकै रुपमा थालनी गरेको छ । धादिङ जिल्लामा मात्र ३ लाख ६० हजार जनता प्रभावित भएका छन् । रेडक्रसको अन्तराष्ट्रिय समिति (आईसीआरसी) को सहयोगमा जिल्ला रेडक्रस सोसाईटी धादिङले सो अभियानलाई जिल्लाका सबैभन्दा प्रभावित गाँउहरुमा कार्यक्रम संचालन गरेको छ । तालिम प्राप्त मनोसामाजिक सहजकर्ताहरुले भूकम्पबाट ध्वस्त भएका गाँउ वस्तीमा नै गएर भूकम्पका कारण मानिसहरुमा आएको शुन्यता तथा मानसिक विचलनताबाट मुक्त गराउने उद्देश्यले सल्लाह दिने गरेका छन् ।