हालै गएको बिनाशकारी भूकम्पले नित्याएको बिपत्मा मानवीय सहयोग पुरयाउन हरेक दिन नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले १८ देखि २८ बर्ष बीचका १०० भन्दा बढी युवायुवतीहरु स्वयंसेवकका रुपमा पाइरहेको छ । “स्वयंसेवकहरु स्वःस्फूर्त रुपमा आइरहेका छन्,” नेरेसोका मानवीय मूल्य तथा संचार विभाव प्रमुख दिब्यराज पौडेल बताउँछन् ।

बैशाख १२ गते गएको भूकम्पले ब्यापक जनधनको क्षती मात्र गरेन, युवा नेपालीहरुको स्वयंसेवा गर्ने भावनालाई पनि ब्यूँत्याइदियो । भूकम्पका पराकम्पहरुको बेवास्ता गर्दै, (जुन अझै आइरहेका छन्) युवा स्वयंसेवकहरु आफ्नो ज्ञान, बुद्धि र विवेकले भ्याएसम्म रेडक्रसको मानवीय सेवाभाव अनुरुप सहयोगमा एकबद्ध भएका छन् ।

दिब्यका अनुसार, “शुरुका दिनहरुमा ९ जनाबाट प्रारम्भ भएकोमा पछिल्ला दिनहरुमा स्वयंसेवा गर्न आउनेहरुको संख्या क्रमश बढिरहेको छ । अहिले १०० भन्दा बढी युवायुवतीहरु स्फूर्त रुपमा स्वयंसेवा गर्न आइरहेका छन् ।”यिनीहरुले भत्ता त पाँउदैनन् तर चिसो र खाजा दिइन्छ र मानवीय सेवामा खटेर सहयोग पुरयाइरहेका छन् ।

 

अरु पढनुहोस

रेडक्रस अभियानको भूकम्प प्रतिकार्यमा केन्द्रीत रेडक्रसका स्वयंसेवकहरु

परिवारलाई आफ्ना मृत प्रियजनको मर्यादित अन्तिम संस्कार गर्ने अवसर दिइनुपर्दछ

नेपाल भूकम्प पीडितलाई सहयोग र परिवार भेटघाट