स्वाला ड्वाडी, आईसीआरसीमा कार्यरत फरेन्सिक (विधि विज्ञ) विज्ञ हुन् । फरेन्सिक विज्ञान के हो र नेपालमा आएको विनाशकारी भूकम्प पश्चात उनी लगायत आईसीआरसीका सहकर्मीहरुले खेलेको भूमिकाबारे संक्षीप्त कुराकानी ।

काठमाडौंमा अडेबायो ओलव अकेसँग संक्षीप्त कुराकानी गदै

 

प्रश्नः आईसीआरसीका फरेन्सिक विज्ञले यस्तो समयमा कस्तो सहयोग पु¥याउन सक्दछन् ?

ड्वाडीः  मानवीय चुनौतीहरुको सम्बोधन गर्न आइसीआरसीका फरेन्सिक विज्ञले सरकार तथा स्थानीय फरेन्सिक विज्ञहरुलाई सल्लाह तथा सहयोगद्धारा मद्दत गर्न सक्दछन् । आईसीआरसीले मूलतः विपत् व्यवस्थापनमा शबको मर्यादित व्यवस्थापन कार्यलाई स्थानीय नीतिहरुमा समाहित गर्न, यसका लागि प्रचलित निर्देशिका तर्जुमा गर्न, आपतकालिन अवस्थामा सहयोग गर्नेहरुका लागि शब प्राप्त गर्ने र ओसारपसार गर्ने ज्ञान सीपबारे तालिम प्रदान गरि शबको सही पहिचान होस् र निजका परिवारजनले शब प्राप्त गरुन् भन्ने ध्येयले शब पहिचान गर्ने आधिकारिक निकायहरुलाई तालिम प्रदानद्धारा सहयोग प्रदान गर्दछ । यसैगरि आपतकालिन अवस्थामा, मृतकहरुका वारे आवश्यक सूचना संकलन गर्न सल्लाह दिन्छ र सरसामग्रीहरु उपलब्ध गराई विज्ञको प्राविधिक सल्लाहद्धारा स्थानीय निकायलाई शब पहिचान गर्न र सामाजिक संस्कार अनुरुप मर्यादित व्यवस्थापनमा सघाउँदछ ।

प्रश्नः नेपालमा भूकम्प पश्चातको अवस्था कस्तो छ ? आईसीआरसीको फरेन्सिक सेवा अन्तर्गत कस्तो सहयोग पु¥याइएको छ ?

ड्वाडीः अवस्था निकै चुनौतीपूर्ण छ । स्वभावतः सबभन्दा पहिला त  सबैले आफ्नो र आफ्ना प्रियजनको सुरक्षामा ध्यान दिने कुरा भयो । यसैबीच दुःखलाग्दो पक्ष भनेको शब व्यवस्थापनमा पर्याप्त ध्यान दिइएको पाइएन ।  धेरै शबहरु अझै निकाल्न बाँकी छ । भूकम्पले ल्याएको बिनाशको पूर्ण लेखाजोखा हुन त बाँकी नै छ तर पुग्न सकिने स्थानहरुमा हामीहरुले शब व्यबस्थापन गर्ने थैलाहरुको वितरण कार्य थालेका छौ र शब व्यवस्थापनमा समुदायहरुलाई सहयोग गरिरहेका छौं । आईसीआरसीले प्राविधिक सल्लाह तथा आवश्यक सहयोग पु¥याई प्रत्यक्ष रुपमा स्थानीय अधिकारीहरुलाई सघाएको छ । पहिचान हुन नसकेका शबहरुलाई जलाइहाल्नु हुँदैन किनभने परिवारले उनीहरुको अवस्था बारे यकिन हुन र मर्यादित तवरले अन्तिम संस्कार गर्ने अवसर पाउनु पर्दछ ।

प्रश्नः शब व्यवस्थापन कार्य कसले गर्छ ? आईसीआरसीले कि स्थानीय निकायले ?

ड्वाडीः शब व्यवस्थापन कार्यको सम्पूर्ण अधिकार सधै स्थानीय निकाय समक्ष रहन्छ र यसलाई सम्मान गरिनुपर्दछ । तरपनि सम्वन्धित निकायहरुलाई आवश्यकता अनुरुप सहयोगको अनुरोध हुँदाका बखत आईसीआरसीले प्रदान गर्न सक्दछ ।

प्रश्नः मृतकहरुका वारेमा गरिने अवधारणा माथि टिप्पणी गर्दा तपाँईले के प्रष्ट्याउन चाहनुहुन्छ ?

ड्वाडीः सबभन्दा ठूलो भ्रम शबले महामारी फैलाउँछ भन्ने रहेकोछ जसमा सत्यता छैन । विपद्मा मृत्युवरण गरेकाहरुबाट महामारी फैलिदैन । विपद्का बेला गम्भिर चोटपटक लागेर, डुबेर, थिचिएर वा आगलागी जस्ता कारणबाट मृत्यु हुन्छ । यस सम्वन्धमा आईसीआरसीको संक्षिप्त आलेख उपलब्ध छः

किन शबबाट महामारी फैलँदैन – (आईसीआरसीको लिकंमा जानुहोस्)

 

अरु पढनुहोस

नेपाल भूकम्प पीडितलाई सहयोग र परिवार भेटघाट

रेडक्रस राहत सामग्री जहाज मार्फत काठमाडौँ ल्याइदै छ

आई सी आर सी प्रेस विज्ञप्ती